Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

  • शनिवार, भाद्र १९ २०७८

  • 835
    SHARES

  • देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गर्नुभएको छ ।

    शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गर्नुभयो ।

    एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोख्नुभयो ।

    ‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी‘ बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भन्नुभयो, ‘बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् भन्नुपर्दैन? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने? हिजो साइन गर्नुभएको थियो, के गर्ने एमसीसी? उहाँहरु चुपचाप ।’

    ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्‍यो’ उहाँले भन्नुभयो, ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

    सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताउनुभयो ।


    शनिवार, भाद्र १९ २०७८०५:११:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij