Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ पराजित

भारसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ पराजित

  • आइतवार, भाद्र २० २०७८

  • 768
    SHARES

  • भारसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ पराजित

    काठमाडौँ । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

    भारतको जितमा कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरीले एक एक गोल गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ।

    साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।


    आइतवार, भाद्र २० २०७८०७:४७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij