Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लगातारको गिरावटपछि सेयरबजारमा उछाल, करिब १६२ अंकले बढ्यो नेप्से सूचक

लगातारको गिरावटपछि सेयरबजारमा उछाल, करिब १६२ अंकले बढ्यो नेप्से सूचक

  • सोमवार, भाद्र २१ २०७८

  • 774
    SHARES

  • लगातारको गिरावटपछि सेयरबजारमा उछाल, करिब १६२ अंकले बढ्यो नेप्से सूचक

    काठमाडौँँ । साताको पहिलो कारोबार दिन हिजो एक सय ७ अंकभन्दा बढीले घटेको पुँजी बजार परिसूचक ‘नेप्से’ आज एक सय ६१.९४ अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २ हजार ९ सय ८०.७८ विन्दुमा पुगेको छ । नेप्से एकै दिन ५.७४ प्रतिशतले बढेको हो । त्यस्तै सेन्सिटिभ सूचक पनि ३१.४१ अंकले बढेर बन्द भएको छ ।

    आज २२४ कम्पनीका १ करोड ७९ करोड २२ हजार ५ य ८८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपियाँ बराबरको कारोबार भएको हो ।

    आज ७० कम्पनीको भाउ सर्किट लेबलमा वृद्धि हुनुका साथै सबै समूहका सूचकमा हरियाली आएको छ । आज खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । अरुण भ्यालीको ४६ करोड ३० लाख ९१ हजार ४ सय बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    यसैगरी हिमालयन डिष्टिलरी दोस्रो र अपर तामाकोशी तेस्रो स्थानमा परेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ८१७.४, निर्जीवन बीमा समूह ६४३.६३ र विकास बैंक समूह ५०३.३६ अंकले बढेको हो । बजार उच्च अंकले बढेसँगै विभिन्न ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशत र अरु ३० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।

    बजार बढेको दिन पनि नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्रको मूल्य भने सबैभन्दा बढी १.९४ प्रतिशतले घटेको छ । आज अरुण भ्याली हाइड्रो पावरको उच्च कारोबार भएको छ ।

     


    सोमवार, भाद्र २१ २०७८०४:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij