Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

२४ घण्टामा थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

  • शुक्रवार, भाद्र २५ २०७८

  • 616
    SHARES

  • २४ घण्टामा थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण देखिएको छ ।
    गत २४ घण्टामा संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । नयाँ थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।
    हाल देशभर २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमधये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
    बित्तेको सोहि अवधिमा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २८०, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा संक्रमण देखिएको छ ।


    शुक्रवार, भाद्र २५ २०७८०५:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij