Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओमानद्वारा नेपाल पाँच विकेटले पराजित

ओमानद्वारा नेपाल पाँच विकेटले पराजित

  • बुधवार, भाद्र ३० २०७८

  • 535
    SHARES

  • ओमानद्वारा नेपाल पाँच विकेटले पराजित

    काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । 

    मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो । 

    ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे । विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए । ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए । 

    नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए । १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए । यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । उनी सर्वाधिक महँगा बलर बने । चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए । एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए । 

    यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो । 

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् । यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

    यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए । 

    सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ । 
     


    बुधवार, भाद्र ३० २०७८०७:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij