Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र

  • शनिवार, आश्विन २ २०७८

  • 816
    SHARES

  • काठमाडौंमा सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
    कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनहरामा नौ÷नौ खोप केन्द्र तोकिएको छ ।
    यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । सरकारले हिजो चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।


    शनिवार, आश्विन २ २०७८०३:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij