Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित

  • शनिवार, आश्विन २ २०७८

  • 550
    SHARES

  • नेपाल फिलिपिन्ससँग पराजित

    पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ ।

    नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।

    विमलाले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो ।

    फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो ।

    अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा पराजित भएको छ ।

    यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो र त्यसमा नेपाल ५–० ले पराजित रहेको थियो ।

     


    शनिवार, आश्विन २ २०७८०६:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij