Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
आइसीसी विश्वकप क्रिकेट लिग–२

ओमानविरुद्ध नेपालको शान्दार जित

ओमानविरुद्ध नेपालको शान्दार जित

  • सोमवार, आश्विन ४ २०७८

  • 674
    SHARES

  • ओमानविरुद्ध नेपालको शान्दार जित

    काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध शान्दार जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाल सात विकेटले विजय भएको हो ।

    सोही क्रममा नेपालले ओमानलाई ३७.७ ओभरमा १२१ रनमा सीमित राख्न सफल भएको थियो । साथै १८.२ ओभरमा तीन विकेटको क्षतिमा सहजै १२२ रनको लक्ष्य हासिल गरेको थियो । नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेलेका थिए भननेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको थियो ।

    यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्षस्थानमा छ ।


    सोमवार, आश्विन ४ २०७८०६:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij