काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा १५ हजार ६ सय ९० परीक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो सोही अवधिमा थप ९ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । जसमध्ये ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन भने ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल २० हजार २७८ जना सक्रिय संक्रमित रहेका छन् ।