Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

ईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

  • शनिवार, आश्विन ९ २०७८

  • 801
    SHARES

  • ईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

    काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ खेल्दैछन् ।

    टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ ।

    कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ ।

    ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

    काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् ।

    प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।


    शनिवार, आश्विन ९ २०७८०७:१०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij