Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ईपीएलः काठमाडौंको विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित

ईपीएलः काठमाडौंको विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित

  • शनिवार, आश्विन ९ २०७८

  • 512
    SHARES

  • ईपीएलः काठमाडौंको विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित

    काठमाडौँ । काठमाडौं किङ्स–११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
    टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
    ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
    काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ७३ रन जोडे । उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

    यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए । ललितपुरका पवन सर्राफले १ विकेट लिए ।
    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
    ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
    यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।
    ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शुन्य रनमा अविजित रहे ।
    काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २÷२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।
    यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।


    शनिवार, आश्विन ९ २०७८०४:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij