Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन शेयर बजारमा पहिरो , ६१ अंकले घट्यो नेप्से

साताको पहिलो दिन शेयर बजारमा पहिरो , ६१ अंकले घट्यो नेप्से

  • आइतवार, आश्विन १० २०७८

  • 1.5K
    SHARES

  • साताको पहिलो दिन शेयर बजारमा पहिरो , ६१ अंकले घट्यो नेप्से

    काठमाडौं । आज शेयर बजारमा पहिरो गएको छ । आज बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो ।

    दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ । आइतबार २३३ कम्पनीका १,४४,९४,२६० कित्ता शेयर किनबेच भएको छ । यसदिन ६,५०,०१,१७,७८० रुपैयाँको कारोबार भएको छ ।

    आज १२ उपसमूहमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ ।

    यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ । म्युचुअल फण्डमा भने ०.२१ प्रतिशतले वृद्धि भएको छ ।

     


    आइतवार, आश्विन १० २०७८०३:१९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij