Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ईपीएल क्रिकेट : पोखराद्वारा ललितपुर पराजित

ईपीएल क्रिकेट : पोखराद्वारा ललितपुर पराजित

  • बुधवार, आश्विन १३ २०७८

  • 1.1K
    SHARES

  • ईपीएल क्रिकेट : पोखराद्वारा ललितपुर पराजित

    काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।
    टियु क्रिकेट मैदानमा आज साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
    ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।
    वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो ।
    यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।
    पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।
    ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंक विहीन ललितपुर पुछारमा रहेको छ । 

    प्रतियोगिता अन्तर्गत आजैको अर्को खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्दैछन् ।


    बुधवार, आश्विन १३ २०७८०२:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij