काठमाडौँ – नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।
उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको घोषणाा गरेका हुन् । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताउनुभयो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै उनीहरुको राजीनामा आएको हो ।
‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्यालले भन्नुभयो, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’
आफूहरू क्यान कमजोर भएको बेला लागेको र अब क्यान बलियो भइसकेकाले बाहिरिन चाहेको पनि उहाँले बताउनुभयो ।