Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
आइसीसी विश्वकप क्रिकेट लिग–२

साफ च्याम्पियनसिप : आज नेपालले साविक विजेता माल्दिभ्सविरुद्ध भिड्ने

साफ च्याम्पियनसिप : आज नेपालले साविक विजेता माल्दिभ्सविरुद्ध भिड्ने

नेपालमा प्रत्यक्ष प्रशारण नहुने
  • शुक्रवार, आश्विन १५ २०७८

  • 701
    SHARES

  • साफ च्याम्पियनसिप : आज नेपालले साविक विजेता माल्दिभ्सविरुद्ध भिड्ने

    काठमाडौँ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ ।
    तर, साफ च्याम्पियनसिप नेपालमा प्रत्यक्ष प्रशारण नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपालमा साफको प्रत्यक्ष प्रशारण नहुने जनाएको छ ।
    मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
    लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।
    १३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

    नेपाली टिम

    गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की

    डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

    मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी

    स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा


    शुक्रवार, आश्विन १५ २०७८०३:५३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij