Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनभीए भलिबल च्याम्पियनसिपको उपाधि आर्मीलाई

एनभीए भलिबल च्याम्पियनसिपको उपाधि आर्मीलाई

महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन
  • शनिवार, आश्विन १६ २०७८

  • 747
    SHARES

  • एनभीए भलिबल च्याम्पियनसिपको उपाधि आर्मीलाई

    काठमाडौँ । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

    रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेट हेल्पले २५–१७ ले आफ्नो बनायो । तर, तेस्रो सेट २५–१८ र चौंथो सेट ३३–३१ ले जित्दै आर्मीले उपाधि आफ्नो बनाएको हो । पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्यो । एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो भएको हो । विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २५–१७,२५–१८ र २५–१४ को जित निकाल्यो ।

    महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

    महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले हात पार्यो । आज नै भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो । पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६–२४ ले हराएको थियो ।

    तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो । महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१७, २५–२० र २५–१७ को जित निकालेको थियो ।

    च्याम्पियनसिपको महिला र पुरुष दुबैको विजेताले ४ लाख प्राप्त गरे । उपविजेताले २ लाख प्राप्त गर्दा तेस्रोले १ लाख प्राप्त गरेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।


    शनिवार, आश्विन १६ २०७८०६:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij