Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एभरेष्ट प्रिमियर लिग : विराटनगरको पहिलो जित

एभरेष्ट प्रिमियर लिग : विराटनगरको पहिलो जित

  • आइतवार, आश्विन १७ २०७८

  • 681
    SHARES

  • एभरेष्ट प्रिमियर लिग : विराटनगरको पहिलो जित

    काठमाडौं । विराटनगर वारियर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

    टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं किङ्स-११ लाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । यस जितसँगै विराटनगरले सान्त्वना जित निकालेको छ । र, प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

    विराटनगरले ५ खेलमा २ अंक जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रह्यो । काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

    यस अघि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो। भिजेको आउट फिल्डको कारण ढिला खेल सुरु हुँदा ओभर घटाईएको थियो ।

     


    आइतवार, आश्विन १७ २०७८०१:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij