Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

  • मंगलवार, आश्विन १९ २०७८

  • 1.2K
    SHARES

  • साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

     काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

    सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।

    रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो।  ५१  औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। 

    तर, ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए।  खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए। उनको यो नेपालका लागि पहिलो गोल हो।

    त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो। 

    यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ। लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।  नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो।

    अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ।  यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१को बराबरी खेल्दै अंक बाँडे। 


    मंगलवार, आश्विन १९ २०७८०६:५२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij