Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप लगाइन्छः स्वास्थ्यमन्त्री खतिवडा

आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप लगाइन्छः स्वास्थ्यमन्त्री खतिवडा

  • शनिवार, आश्विन २३ २०७८

  • 524
    SHARES

  • आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप लगाइन्छः स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्य मन्त्री विरोध खतिवडाले आगामी चैत सम्ममा सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ ।

    नेपालसँग भएको स्रोत साधनको प्रयोग गर्दै बलीयो इच्छाशक्तीले स्वास्थ्य क्षेत्रको विचौलियाहरुलाई परास्त गर्ने उहाँको भनाई छ । स्वास्थ्य उपचारलाई निशुःल्क बनाउनमा आफू लागि पर्ने दावी गर्नुभयो ।

    एकिकृत समाजवादीका नेता समेत रहनुभएका खतिवडाले आगामी तिन महिना पार्टीले संगठन विस्तार गर्ने नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।

    देशमा व्यवस्था बलियो हुनको लागि सरकार र दल दुवै बलियो हुनु पर्ने भएकोले आफू दल र सरकारको दुवै काममा कटिवद्ध भएर लाग्ने बताउनुभयो ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई ध्वस्त बनाउन खोजेको प्रयासलाई असफल बनाउन गठबन्धन सफल भएको भन्दै यो गठबन्धन सहकार्य गरेर निरन्तर अगाडी बढ्ने बताउनुभयो ।


    शनिवार, आश्विन २३ २०७८०९:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij