Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साफ च्याम्पियनसिपः शीर्षस्थानको नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिपः शीर्षस्थानको नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

  • आइतवार, आश्विन २४ २०७८

  • 620
    SHARES

  • साफ च्याम्पियनसिपः शीर्षस्थानको नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

    काठमाडौँ - माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत शीर्षस्थानको नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ ।

    सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रने छ । भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

    ‘भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ । भारतविरुद्धको खेल कठिन छ । हामी चरणबद्ध अघि बढी रहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौँ,’ कप्तान किरणले प्रि–म्याच कन्फरेन्समा भने, ’लक्ष्य पूरा गर्नका लागि अर्को चरण रहेको छ । हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं ।’

    प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

    भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् । भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।

    नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।


    आइतवार, आश्विन २४ २०७८०७:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij