Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल पुग्ने सम्भावना जीवितै

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल पुग्ने सम्भावना जीवितै

  • सोमवार, आश्विन २५ २०७८

  • 547
    SHARES

  • साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल पुग्ने सम्भावना जीवितै

    काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।

    कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।

    यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ ।

    भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ। अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ।

    बंगलादेशलाई भने नेपालविरुद्ध जितको विकल्प छैन । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । श्रीलंका भने बाहिरिसकेको छ ।


    सोमवार, आश्विन २५ २०७८०५:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij