Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घान्द्रुकमा जिप दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु

घान्द्रुकमा जिप दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु

  • सोमवार, आश्विन २५ २०७८

  • 720
    SHARES

  • घान्द्रुकमा जिप दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु

    कास्की।कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।१ जना भीरमा अड्किएर बाँच्न सफल भएका छन् । उनलाई जीवितै उद्दार गरिएको छ ।

    ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो । पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।

    घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुन् ।

    उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए।अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ । घटनास्थल पुगेको प्रहरीले  मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी भएको जनाइएको छ ।
    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफूसहितको टोली घटनास्थलतर्फ गैरहेको बताए ।


    सोमवार, आश्विन २५ २०७८०४:५०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij