Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजदेखि आईसीसी टी-ट्वान्टी विश्वकप शुरु हुँदै

आजदेखि आईसीसी टी-ट्वान्टी विश्वकप शुरु हुँदै

  • आइतवार, आश्विन ३१ २०७८

  • 1.2K
    SHARES

  • आजदेखि आईसीसी टी-ट्वान्टी विश्वकप शुरु हुँदै

    काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

    ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

    यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

    विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।


    आइतवार, आश्विन ३१ २०७८०८:१४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij