Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

च्याम्पियनसिप फुटबल उपविजेता टिम आज स्वदेश फर्किदै

च्याम्पियनसिप फुटबल उपविजेता टिम आज स्वदेश फर्किदै

  • सोमवार, कार्तिक १ २०७८

  • 918
    SHARES

  • च्याम्पियनसिप फुटबल उपविजेता टिम आज स्वदेश फर्किदै

    काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

    मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

    फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर,  नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

    पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

    लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।


    सोमवार, कार्तिक १ २०७८०७:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij