Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वाग्मती प्रदेश सरकारमा दुई मन्त्री थपिँदै

वाग्मती प्रदेश सरकारमा दुई मन्त्री थपिँदै

  • बिहिवार, कार्तिक २५ २०७८

  • 554
    SHARES

  • वाग्मती प्रदेश सरकारमा दुई मन्त्री थपिँदै

    काठमाडौँ । वाग्मती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको आज बेलुका नै सपथ हुने बताइएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले माओवादीबाट एक र कांग्रेसबाट एक गरी आज दुई मन्त्री थप्न लाग्नुभएको हो ।
    थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिनुभयो । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाउने बताइएको छ ।
    जमकट्टेल वाग्मती प्रदेशको पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उहा सहितका मन्त्रीले राजीनामा दिनुभएको थियो ।
    गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । त्यसैदिन उहाले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भडेल र सामाजिक विकास मन्त्रीमा नेतृ कुमारी मोक्तानलाई नियुक्त गर्नुभएको थियो ।
    गठनबन्धनमा आबद्ध दलको संख्या बढी र आकांक्षीको संख्या ठूलो भएपछि वाग्मती प्रदेशमा मन्त्रालय विभाजन गर्ने तयारी गरिएको छ ।


    बिहिवार, कार्तिक २५ २०७८०३:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij