Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाकाे सम्भावना

देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाकाे सम्भावना

  • शनिवार, मंसिर ११ २०७८

  • 643
    SHARES

  • देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाकाे सम्भावना

    काठमाडौं - बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस  २.८ डिग्री रहेकाे छ ।
     
    शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ  भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

    राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


    शनिवार, मंसिर ११ २०७८०७:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij