Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

  • मंगलवार, मंसिर १४ २०७८

  • 696
    SHARES

  • आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

    काठमाडौं - अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेकाे छ । आज देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  

    राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली  रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

    बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।


    मंगलवार, मंसिर १४ २०७८०७:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij