Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको आरोप: प्रचण्ड र माधव कम्पनी अस्थिरताका संवाहक हुन्

ओलीको आरोप: प्रचण्ड र माधव कम्पनी अस्थिरताका संवाहक हुन्

  • बुधवार, मंसिर २९ २०७८

  • 765
    SHARES

  • ओलीको आरोप: प्रचण्ड र माधव कम्पनी अस्थिरताका संवाहक हुन्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिनुभएको छ । नेपालमा अस्थीरता मच्चाउन खोज्ने नियत्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाउनुभयो ।

    नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’

    कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भननुभयो, ‘त्यस्ताहरुसँग एकता ? अस्थीरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’

    उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताउनुभयो । ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।’

    माओवादी केन्द्रको तत्कालीन सशस्त्र युद्धबारे उहाले त्यसलाई ’जनयुद्ध’ नभएर ’अस्थिरता’ भएको टिप्पणी गर्नुभएको थियो । त्यसलाई उहाले अस्तव्यस्त बनाउने विधिको रुपमा पनि अर्थ्याउनुभएको थियो ।

    नेता ओलीले यसअघि पनि विदेशी शक्तिबाट नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउन खोजेको प्रतिक्रिया दिनुभयो । उहाले नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको हालै प्रकाशित पुस्तकलाई लक्षित गर्दै विदेशी शक्तिले एमालेको विषयमा गलत प्रचार गरेको जिकिर गर्नुभएको छ ।


    बुधवार, मंसिर २९ २०७८०१:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij