Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्धारा तीन दल खारेज

निर्वाचन आयोगद्धारा तीन दल खारेज

  • शुक्रवार, माघ ७ २०७८

  • 614
    SHARES

  • निर्वाचन आयोगद्धारा तीन दल खारेज

    काठमाडौं – निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।

    यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

    गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो।

    लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३–०७४ मा यी दल आयोगमा दर्ता भएका थिए।


    शुक्रवार, माघ ७ २०७८०३:३९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij