Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको संभावना

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको संभावना

  • बिहिवार, माघ २० २०७८

  • 978
    SHARES

  • देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको संभावना

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णबदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    यस्तै आज राति देशभर सामान्यदेखि पूर्णबदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जनरचटयाङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

    शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरुपमा सुधार हुने महाशाखाले औँल्याएको छ।


    बिहिवार, माघ २० २०७८०६:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij