Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै

ललितपुरमा भने माघ २७ गतेदेखि
  • सोमवार, माघ २४ २०७८

  • 647
    SHARES

  • काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै

    काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।

    फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।

    काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने छ ।

    वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने छ ।

    जनस्वास्थ्य शाखा छायबहाल, वडा नं. २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं. २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं. २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं. २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।

    बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।


    सोमवार, माघ २४ २०७८१२:३५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij