Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

आज थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 977
    SHARES

  • आज थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij