Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कम्युनिस्टले उत्तेजनाको राजनीति गर्दै छन्, घातक हुन्छ : गगन थापा

कम्युनिस्टले उत्तेजनाको राजनीति गर्दै छन्, घातक हुन्छ : गगन थापा

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 854
    SHARES

  • कम्युनिस्टले उत्तेजनाको राजनीति गर्दै छन्, घातक हुन्छ : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै थापाले कम्युनिस्टले उत्तेजनाको राजनीति गरिरहेको बताए ।

    एमसीसी सम्झौतामा कम्युनिस्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए ।

    महमन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए । आसन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उनले भने, “कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन् । यसलाई बढाएर ४५ भन्दामाथि पुर्‍याउनुछ ।”

    महामन्त्री थापाले उमेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिए । आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भएपनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनले बताए ।

     


    शुक्रवार, फाल्गुण २० २०७८०५:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij