Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

२ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

  • बुधवार, बैशाख २८ २०७९

  • 439
    SHARES

  • २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

    काठमाडौं । बुधवार र बिहीवार मतादाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगले नयाँ मतदातालाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।

    स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ ।


    अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको हो ।


    बुधवार, बैशाख २८ २०७९१०:११:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij