Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम : आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना

मौसम : आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना

  • बिहिवार, बैशाख २९ २०७९

  • 967
    SHARES

  • मौसम : आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै 'असानी' नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

    शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     


    बिहिवार, बैशाख २९ २०७९०६:४३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij