Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आइरहेको कुरा सत्य हो : नेता पोखरेल

प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आइरहेको कुरा सत्य हो : नेता पोखरेल

  • शुक्रवार, जेठ २० २०७९

  • 2.2K
    SHARES

  • प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आइरहेको कुरा सत्य हो : नेता पोखरेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आइरहेको कुरा सत्य भएको दाबी गर्नुभएको छ ।

    उहाँले राजनीतिमा हुने विभिन्न चलखेल र सत्ता हासिल गर्ने लक्ष्यअनुरुप प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर आइरहेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भन्नुभयो,“ प्रधानमन्त्री बन्न अफर आइरहेको छ, पार्टी अध्यक्ष प्रचण्डलाई, सत्तामा पुग्न राजनीतिमा चलखेल हुन्छ, अहिले पनि भइरहेको छ ।”

    फरक प्रसंगमा नेता पोखरेलले सम्रगमा सरकारले ल्याएको बजेट सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । उहाँले बजेट कार्यान्वयनमा समस्या आउनेभएपनि लक्ष्य नै निर्धारण नगरेर कार्यान्वयनको चरणमा प्रवेश गर्न नसकिने तर्क गर्नुभएको छ ।

     


    शुक्रवार, जेठ २० २०७९०६:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij