Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको चर्चा, नेकपा एसका मन्त्रीको शपथ कहिले ?

गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको चर्चा, नेकपा एसका मन्त्रीको शपथ कहिले ?

  • शुक्रवार, जेठ २७ २०७९

  • 798
    SHARES

  • गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको चर्चा, नेकपा एसका मन्त्रीको शपथ कहिले ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरी मन्त्री पठाएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नमानेपछि सकस पैदा भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले जसरी पनि पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

    प्रधानमन्त्री देउवा भने अहिले नै नयाँ मन्त्रीलाई शपथ गराउने पक्षमा छैनन् । बजेट पारित भइसकेपछि मात्रै नयाँ मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । नेकपा एसले सबै मन्त्रीलाई फिर्ता बोलाएपछि अन्य पार्टीमा पनि दबाब बढेको छ । यतिबेला माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने चर्चा चलिरहेको छ ।

    माओवादी केन्द्रले पनि नयाँ मन्त्रीलाई अगाडि सार्ने तयारी गरिरहेको छ । यद्यपि अहिलेसम्म यसबारेमा छलफल भएको छैन । नेताहरुले अनौपचारिक रुपमा छलफल शुरु गरेका छन् ।

    प्रधानमन्त्री निकट स्रोतले अब नेकपा एसका मात्र नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको जनाएको छ । स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएको छ ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई देउवाले गराएको बताइएको छ ।

    त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि गृह माओवादीको भागमा पर्नेछ । माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको चर्चा छ । यद्यपि यसको पुष्टि भएको छैन ।


    शुक्रवार, जेठ २७ २०७९०६:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij