शोभा के.सी, काठमाडौं । बिमल अधिकारी, अर्जुन सापकोटा र जय देवकोटाको सहकार्यमा रहेको नयाँ गीत पिराती नलाउ मयाँ बजारमा आएको छ । बजारमा आउनु भन्दा केही दिन अगाडीबाटै टिकटकमा भाईरल बनेको गीत आज बिहान मात्रै बजारमा आएको हो ।
भावना म्युजिक प्रा.लिबाट बजारमा आएको गीतमा देवकोटा, सापकोटा, यज्ञ सापकोटा र पूर्णकलाको आवाज रहेको छ । बिमल अधिकारीको शब्द रहेको गीतमा जय, अर्जनु र यज्ञको संगीत रहेको छ ।
अधिकारीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अधिकारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । बिमलका एकपछि अर्को चर्चित गीतहरु बजारमा आउनेक्रममा छन् ।
शब्द, संगीत र अभिनय गर्दै आएका अधिकारी पछिल्लो समयमा निर्देशक पनि बनेका छन् । त्यसैगरी अर्जुन सापकोटा टिकटकबाट अत्याधिक चर्चामा आएका कलाकार हुन् । उनका पनि एक पछि अर्को गर्दै बजारमा आएका गीतलाई दर्शक स्रोताले रुचाएका छन् ।
जय देवकोटा पनि दर्शक स्रोताले रुचाएको नाम हो । देवकोटा विशेषगरी मौलिक गीतका कारण दर्शक स्रोताको मनमा बस्न सफल भएका छन् ।
यो समाचार तयार पार्दासम्म यो गीतलाई २५ हजार बढी दर्शकले हेरेका छन् ।