अशोक ढकाल यतिबेला नेपालमा बर्खायाम सुरु भैसकेको छ। देशका विभिन्न ठाउँमा बाढि, पहिरो, भुछय लगाएतका प्राकृतिक बिपद् जाने क्रम बढ्दो छ। हरेक बर्ष बाढी पहिरोको कारण ठूलो मात्रामा जनधनको क्षती भैरहेको छ। नेपालभित्रका सबै भुभाग केहि न केही प्राकृतिक बिपद्बाट गुज्रिएका छ्न।
करिब ८३५ भुभाग पहिरोको जोखिम क्षेत्रमा पर्दछ्न। विपद् जोखिमको उच्च स्थानमा रहेका विश्वका २० मुलुकमा नेपाल पनि पर्छ । विभिन्न अध्ययनले देखाएअनुसार जलवायु परिवर्तनजन्य विपद्् जोखिमका हिसाबले नेपाल चौथो स्थानमा, भूकम्पीय विपद् जोखिमका हिसाबले ११औँ स्थानमा, बहुप्रकोपीय विपद् जोखिमका हिसाबले २०औँ स्थानमा र बाढी पहिरोजन्य विपद्् जोखिमका हिसाबले ३०औँ स्थानमा पर्छ ।
यसबाट प्रस्ट हुन्छ कि नेपाल अनेकौँ विपद्का कारण अत्यन्तै जोखिममा छ ।बिशेष त यस्ता खालका प्राकृतिक बिपदहरु त्यहाको भुगर्भ अनुसार फरक फरक हुन्छ्न र यी बिपदले पुर्याउने असर पनि भुगर्भ अनुसार फरक फरक रहन्छ। नेपालको तराइ क्षेत्रमा बाढिले बस्ती डुवान तथा खेती योग्य जमिनको नाश गरि मानिसको दैनिक जिवनमा प्रत्यक्ष असर पारिरहेको छ।
यसै गरि पहाडी भुभागमा बिशेषत बाढी, पहिरो तथा भुछ्यले प्राकृतिक असन्तुलन निम्त्याएको छ। हिमाली भुभागमा सुक्खा पहिरो, हिमताल फुट्ने, तथा बाढी र भुछ्यको प्रकोप बढी रहेको छ। पृथ्वीको जमिन मुनिको सतहलाइ यी खालका प्राकृतिक बिपदले बढी असर पार्ने हुनाले निराकरणका लागि सोही खालको जनशक्ति आबश्यक पर्दछ।
नेपालको संविधान अनुसार हाल नेपालमा ७५३ वटा स्थानीय तह रहेका छ्न। भौगोलिक र भौगर्भिक हिसाबले हरेक स्थानीय तहमा फरक फरक बिशेषता पाइन्छ। नेपाललाइ भुगोलका आधारमा हिमाल, पहाड र तराईमा बिभाजन गरिन्छ भने भुगर्भका आधारमा तराइ, सिवालिक या चुरे, लेसर हिमालय, हाइयर हिमालय र तिब्बेतियन टेथिस गरि ५ भागमा बिभाजन गरिएको छ।
जुनसुकै ठाउँमा गइरहने प्राकृतिक बिपदमा त्यहाको भौगर्भिक बनोटले मुख्य भुमिका खेलेको हुन्छ। नेपालको भुगर्भ बनोट र भु स्वरुपले नेपालमा गैरहने बिपदहरुको मुख्य कारण रहेको छ। जमिन मुनिको सतह, त्यहा रहेका पदार्थको स्वरुप र बहिरी भु बनोटले प्राकृतिक बिपदलाइ बढवा दिइरहेको हुन्छ। कमजोर भौगर्भिक बनोट, भौगर्भिक सरचना, जमिनको शक्ति, भुगोलको झुकाब, जमिन मुनिको पानीको सतह, जमिनको कम्पन यावत पछ भु( बिपद सग जोडिएको हुन्छ।
देश संघीयतामा गएसगै स्थानीय तह अधिकार सम्पन्न भएका छन। कानुन निर्माण देखि ब्यक्तिका जनजिबिकाका हरेक आयामसग स्थानीय सरकार जोडिदै आएका छ्न। हरेक स्थानीय सरकारले आ आफ्नो स्थानीय तहमा बिपद ब्यबस्थापनको लागि उल्लेखनीय भुमिका निभाउन पर्ने बेला आएको छ।
आफ्नो स्थानीय तहको भौगर्भिक अबस्थाको बारेमा अध्ययन अनुसन्धान गरि त्यहा हुन सक्ने प्राकृतिक बिपदको बारेमा जोखिम क्षेत्र निर्धारण, बिपद पुर्ब सुचनाको ब्यबस्था, पुराना प्रकोपको अध्ययन, भु कम्पन लगाएतले हरेक बर्ष पारेको प्रभाब र प्रकोप आइहालेमा ब्यबस्थापनका बिबिध पछको बारेमा काम गर्नु अत्यावश्यक देखिन्छ।
स्थानीय सरकारले स्थानीय बिपद ब्यबस्थापन समिती बनाइ भुगर्भसग सम्बन्धित बिज्ञको सहभागितामा बिपद ब्यबस्थापन सम्बन्धि तत्कालीन र दीर्घकालीन काम गर्न सक्नेछ्न। यस सम्बन्धमा नेपाल सरकारको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ ले स्थानीय विपद व्यवस्थापन समितीको निर्माण तथा सो समितिको काम,कर्तव्य र अधिकार निर्दिष्ट गरेको छ।
जसले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रम सहितको कार्ययोजना तयार गरि लागू गर्ने, गराउनेस स्थानीय तहमा विपद जोखिमको अबस्थाको लेखाजोखा, नक्साङ्कन,विश्लेषण गरि विकास निर्माण सम्बन्धि कार्यमा विपद जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्नेस भौतिक सरचना निर्माण गर्दा रास्ट्रिय भवन सहिता, भवन निर्माण मापदण्ड लगायत अन्य स्वीकृत निर्देशिका वा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गरि पालना गर्न लगाउनेस विपद व्यवस्थापनमा परिचालन गरिने कर्मचारी तथा स्वयंसेवकको क्षमता अभिवृद्दिको व्यवस्था गर्नेस विपदमा उद्दारको काम गर्नेलाइ शुरक्षाको व्यवस्था गर्नेस विपद व्यवस्थापनका लागि विषयगत समूह गठन गरि परिचालन गर्ने लगायतका काम, कर्तव्य र अधिकार प्रस्तुत गरेको छ।
विपद व्यवस्थापनका निमित्त स्थानीय सरकारले विशेषज्ञ समितिको व्यवस्था गरि विपदसग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ रहनेगरि आ आफ्नो स्थानीय तहमा काम गर्न सक्नेछ्न। प्रायस् विपद जमिनको सतह र सतहमुनिका विविध गतिविधिले हुने हुनाले सो सम्बन्धि बिज्ञ जनशक्तिलाई स्थानीय सरकारले परिचालन गर्न सक्नेछ्न।
नियमावलीमा उल्लेख भएअनुरुप विपद व्यवस्थापनका लागि नेपालको भौगर्भिक अबस्था समेतको आधारमा विपदको जोखिम भएका सम्भाव्य क्षेत्रहरुको पहिचान गरि न्यूनीकरणका लागि सुझाब दिने, प्रकोप स्वरुप अनुरुप जोखिम आकलन, नक्साङ्कन, विश्लेषण गरि विपद जोखिमबारे क्षमता अभिवृद्दी, विपद व्यवस्थापन सुचना प्रणाली र सुचना प्रवाह सम्बन्धी विषयमा सुझाव दिने, शैक्षिक पाठ्यक्रममा समाबेश गरिने विपद व्यवस्थापन सम्बन्धि विषयहरुको सम्बन्धमा राय, सुझाब दिने, अझ राम्रो र बलियो निर्माणको अवधारणा अनुरुप उपयुक्त पुर्वाधार निर्माण गर्न सुझाब दिने, विपद पुर्ब तयारी, पुनर्लाभ तथा पुन निर्माणका कामलाइ प्रभाबकारी बनाउन भुमिका खेल्ने लगाएतका विविध काममा भुगर्भबिदले महत्वपूर्ण भुमिका निभाउन सक्छ्न।
यसैगरी बिकास निर्माणका क्रियाकलापहरु कार्यान्वयनमा विपद जोखिम व्यवस्थापन मुलप्रवाहिकरण गर्ने, बिकास निर्माणका कार्यलाइ दिगो बिकासको अबधारणा अनुरुप बनाउने, प्रकोप गइसकेपछी त्यो ठाउमा प्रकोप नियन्त्रणमा अध्ययन अनुसन्धान गरि उचित सुझाब दिने जस्ता उल्लेखनीय काम भुगर्भबिदले गर्न सक्छ्न।
त्यसैले बिपद जन्य प्राकृतिक प्रकोप व्यवस्थापनमा स्थानीय सरकार सगै भुगर्भबिदको उल्लेख्य भुमिका रहेको हुन्छ। प्रत्येक स्थानीय सरकारले आ आफ्नो स्थानीय तहमा विपद व्यवस्थापनका लागि कम्तिमा १ जना भुगर्भविदको सरचनालाइ निर्दिष्ट गर्नुपर्दछ। जसबाट प्राकृतिक विपदको रोकथाममा विशेष टेवा पुगि दिगो बिकासलाइ थप प्रभावकारि ढंगले अगाडी बढाउन सकिन्छ।
यसर्थ देशमा ब्याप्त प्राकृतिक बिपद निराकरणको लागि सोही क्षेत्रमा अध्ययन अनुसन्धान गरेर अनुभव हासिल गरेका जनशक्तिको उचित प्रयोग स्थानीय तहदेखीनै हुन सकेमा बिपद व्यवस्थापनमा देशले फड्को मार्न सक्छ। स्थानीय सरकारले भुगर्भबिदलाइ उचित परिचालन गर्नसकेमा र यसको लागि केन्द्र र प्रदेश सरकारले उचित समन्वय गर्नसकेमा बिपदबाट हुनसक्ने बिनाश र क्षति कम भइ बलियो पुर्बाधार निर्माण र स्थाइत्वमा हामी सधै अघि बढ्न सक्छौ।
(लेखक पृथ्वीनारायण क्याम्पस पोखरामा भुगर्भशास्त्रमा स्नातक तह चौथो बर्षमा अध्ययनरत हुनुहुन्छ।)