Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँचदलीय गठबन्धनमा समस्या छैन, आगामी निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

पाँचदलीय गठबन्धनमा समस्या छैन, आगामी निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

‘९६ प्रतिशत पुस्तक पुगिसक्यो’
  • बुधवार, आषाढ ८ २०७९

  • 606
    SHARES

  • पाँचदलीय गठबन्धनमा समस्या छैन, आगामी निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पाँचदलीय गठबन्धनमा कुनै समस्या नआएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पौडेलले भन्नुभयो, ‘गठबन्धन भनेपछि अलग–अलग दलको रुपमा उपस्थित भएको हुनाले कहिलेकाहि केहि कुरामा छलफल, शंका र उतारचढाव आउनु स्वभाविक हो तर, गम्भिर रुपमा समस्या केहि छैन । आगामी संघ र प्रदेश दुवै निर्वाचनमा मिलेर जाने तरिकाले गृहकार्य भइरहेको छ ।’

    एमालेले भनेर गठबन्धन नभएकाले अहिले एमालेले भनेरै टुट्ने फुट्ने नहुने र आगामी निर्वाचनसम्म कायम रहने मन्त्री पौडेलको दाबी छ । निर्वाचनमा केन्द्रित रहेर अहिले नै छलफल सुरु भइनसकेको मन्त्री पौडेलको भनाइ छ ।

    गठबन्धनभित्रका दलहरुको आ–आफ्ना केहि समस्याहरु छन् । तर निर्वाचन तोकिएकै समयमा र गठबन्धनलाई सँगै लिएरै निर्वाचन हुने कुरामा दुईमत छैन । तर अहिले नै सिट बाँडफाट भएको भन्ने कुरा गलत हो । केहि समयमा छलफल गरेर टुङग्याइन्छ ।’ मन्त्री पौडेलले भन्नुभयो ।

    निर्वाचनसम्म गठबन्धनलाई लैजानु अहिलेको परिपक्वता र जनताको चाहना भएको मन्त्री पौडेलको भनाइ छ । अर्को फरक प्रसंगमा मन्त्री पौडेलले ९६ प्रतिशत पाठ्यपुस्तक सबै विद्यालयमा पुगिसकेको दाबी गर्नुभएको छ ।

    मन्त्री पौडेलले भन्नुभयो, ‘हामीसँग डेटा छ, ९६ प्रतिशत पुस्तक सबै जिल्लमा पुगिसक्यो, पढाइ रोकिएको छैन । शिक्षाक्षेत्र तहसनहस भएको छैन । बजारमा कागज अभाव र स्थानीय तहको निर्वाचनका कारण समय केहि तलमाथि भएको हो तर पाठ्यपुस्तक पुगेनन् भन्ने कुरा साँचो होइन ।'


    यस्तै मन्त्री पौडेलले विपक्षीले बाहिर उठाएको जस्तो महंगीको अवस्था भयावह र बर्बादै हुने खालको आफूले नदेखेको स्पष्ट पार्नुभएको छ ।


    बुधवार, आषाढ ८ २०७९०७:२०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij