काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमीरेले पार्टी विधान अनुसार नचलेको भन्दै असहमति जनाउनु भएको छ ।उहाँले पार्टी सभापति शेरवहादुर देउवा एकलौटि हिडेको भन्दै पार्टीभित्र काखा र पाखाको रुपमा व्यवहार भएको बताउनुभयो ।
१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै सभापति देउवा महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रुपमा अघि बढिरहेको उहाँको तर्क छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै नेता घिमीरेले भन्नुभयो, ‘पार्टीका सम्पुर्ण नेता जुटेर आन्तरीक एकता वलियो वनाउने हाम्रो माग हो । अहिलेको अवस्था अन्त्य हुनुपर्छ पार्टी सरसल्लाहमा चल्नुपर्छ । ’
‘पार्टी सभापति ज्यूले महाधिवेसन सम्पन्न भएपछि गर्नुपर्ने काम गर्नुभएको भए हामी छुट्टै भेला गर्ने थिएनौ , हामी निहँु खोजेको होईन । विधान अनुसार चलौ ,परम्परा अनुसार चलौ । ’ नेता घिमीरेको भनाई छ ।
६ महिना भित्र समिति, विभाग गठन हुन नसकेको ,भातृसंस्था गठन गर्दा सल्लाह नभएको र पार्टी सभापति एकलौटि ढंगले हिडेको उहाँको गुनासो छ ।
नेता घिमीरेले आफुहरुले पार्टीमा विद्रोह गरेको नभइ सभापतिलाई सफल र वलियो वनाउन खोजेको दावी गर्दै कांग्रेसभित्र ठुलो जनमत र उत्साह रहेकाले वलियो वनाएर जानुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसका नेता डा शेखर कोइराला पक्षको बैठक आज पनि बस्दैछ । बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक पुनः आज दिउँसो २ बजे बस्न लागेको हो ।