Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राहुल गान्धी प्रहरी नियन्त्रणमा

राहुल गान्धी प्रहरी नियन्त्रणमा

  • मंगलवार, श्रावण १० २०७९

  • 980
    SHARES

  • राहुल गान्धी प्रहरी नियन्त्रणमा

    एजेन्सी । भारतमा कंग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

    मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा राखेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। उनी विजय चोकमा धर्ना बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई खबरदारी गर्नु प्रदर्शनको उद्देश्य रहेको बताएका थिए।
    ‘महँगी र बेरोजगारीबारे संसदमा बहस गर्न दिइएको छैन र प्रहरीले सडकमा प्रदर्शन गर्नसमेत रोक लगाएको छ,’ गान्धीले भनेका छन्।

    गान्धीसहित प्रदर्शनमा पुगेका कंग्रेस आईका अन्य सांसद तथा नेता–कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

     


    मंगलवार, श्रावण १० २०७९०१:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij