एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उन बिरामी परेर कोमामा गएको दाबीसहित विभिन्न समाचार आए । तर, किम भने पार्टीको बैठकमा सहभागी भएका छन् ।
केही सञ्चारमाध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए ।
पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोनाको महामारीका हुनसक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
त्यस्तै, समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैमा पनि कोरोनाको संक्रमण नभएको दाबी हुँदै आएको छ । तर, नेता किमले कोरोनाको संक्रमण फैलिन सक्नेतर्फ सचेत गराएका हुन् ।
यसैबीच, यो हप्ताको अन्त्यतिर समुद्री तुफान बाभीले जनजीवन प्रभावित हुने पूर्वानुमान गरिएको छ ।