एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको उनले बताएका छन् ।
जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुईवटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए ।
आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित थिए । पछिल्लोसमय उनको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ ।
‘मलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको छ’, आबेले पत्रकार सम्मेलनमा भने ।