Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै

  • शनिवार, भाद्र १३ २०७७

  • 1.3K
    SHARES

  • विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै

    काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

    अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् ।

    उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ  सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् ।

    ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन्
    चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ ।


    शनिवार, भाद्र १३ २०७७०७:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij