एजेन्सी । कोरोना भाइरसबाट विश्वभरी संक्रमित हुनेको संख्या दुई करोड ५२ लाख ३६८ पुगेको छ ।
कुल संक्रमितमध्ये आठ लाख ४७ हजार ३९१ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकाका छन् । त्यस्तै, संक्रमित हुनेहरुमा पनि अमेरिका नै सबैभन्दा धेरै रहेका छन् ।
पछिल्लो विवरणअनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना संक्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित हुँदा एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।
त्यसबाहेक, धेरै संक्रमित भएका देशमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सिको, स्पेन र चिली रहेका छन् ।