Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

  • शुक्रवार, आश्विन ७ २०७९

  • 769
    SHARES

  • पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ३० दिने अल्टिमेटम
    काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यवसाय गर्नेहरूले आफ्नै पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै ३० दिनभित्र उक्त कर तिरिसक्न आग्रह गरेको छ । 
     
    काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको भन्दै सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गरेको छ । 
     
    उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठुलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने जनाएको छ । 
     
    परिचय पाटी ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, परिचय पाटी  १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ वार्षिक शुल्क लाग्ने र ३० वर्गफुट भन्दा माथिको परिचय पाटी राख्न पाइने छैन । 
    ktm mahanagar 1.jfif


    शुक्रवार, आश्विन ७ २०७९०७:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij