सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–५ सल्लाममा ठूलो पहिरो गएको छ । पहिरोले चार घर पुरिएको छ । स्थानीय देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो ।
इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
जिल्लाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा कपुरकोटबाट प्रहरी टोली खटाइएको जानकारी दिनुभयो ।
पहिरो झर्ने जोखिमका कारण त्यहाँका बासिन्दाले बिहानै घर छोडेर सुरक्षित ठाउँमा गएका छन् ।