Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेका सूर्य चिह्नवाहक उम्मेदवारहरू १४१ जना

एमालेका सूर्य चिह्नवाहक उम्मेदवारहरू १४१ जना

  • शुक्रवार, आश्विन २८ २०७९

  • 643
    SHARES

  • एमालेका सूर्य चिह्नवाहक उम्मेदवारहरू १४१ जना

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै एमाले निर्वाचनमा होमिएको छ।

    एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको छ ।

    पार्टीका अधिकांश पदाधिकारी निर्वाचनको मैदानमा रहेको एमालेले जनाएको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, सुवास नेम्वाङ इलाम–२ र सुरेन्द्र पाण्डे चितवन–१ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।

    त्यसैगरि महासचिव शंकर पोखरेल दाङ–२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने दुई उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र–१ र पृथ्वी सुब्बा गुरूङ लमजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।

    जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमति भएबमोजिम पार्टीले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएको एमालेले जनाएको छ।

    एमाललेले डडेल्धुरामा नेपाली कांग्रेस बीपी र चितवनमा नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको छ। त्यस्तै, नवलपरासीमा हृदयेश त्रिपाठीको उम्मेदवारीलाई एमालेले समर्थन गरेको छ।

    यस अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका सूर्य चिह्नवाहक उम्मेदवारहरू १४१ जना कायम रहेका एमाले प्रचार विभागले जनाएको छ।


    शुक्रवार, आश्विन २८ २०७९०५:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij