काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज महेन्द्रनगरस्थित खुलामञ्जमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
सभालाई सम्बोधन गर्न ओली साँझ ४ बज महेन्द्रनगर पुग्ने नेकपा एमाले कञ्चनपुरका सह–सचिव कर्ण बहादुर चन्दले बताउनुभयो।
ओली महेन्द्रनगर आउने भएपछि कार्यक्रमको तयारी तीव्र पारिएको छ ।
एमाले कञ्चनपुरले उक्त कार्यक्रममा ३० हजार मान्छे उतार्ने दाबी गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अध्यक्ष ओलीले चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै हुनहुन्छ । चुनावी सभालाई सम्बोधन गर्न ओली दार्चुला पुगिसक्नुभएको छ ।
दार्चुलामा सम्बोधनपछि हेलिकोप्टरमार्फत् ओली बैतडीमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । बैतडीको सभालाई सम्बोधन पछि ओली महेन्द्रनगर जानुहुनेछ ।